उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

काठमाडौं । काभा वुमन्स च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको छ ।

डिफेन्डिङ च्याम्पियन नेपाल यस पटक भने तेस्रो स्थानमा सीमित बनेको हो । नेपालले उज्वेकिस्तानलाई २५-२०, १६-२५, १५-२५ र १३-२५ को सेटमा पराजित गरेको हो ।

Dengue

सेमिफाइनलमा काजाकस्तानसँग हारेपछि नेपालले उज्वेकिस्तानसँग तेश्रो स्थानका लागि खेलेको हो । उज्वेकिस्तान भने सेमिफाइनलमा भारतसित पराजित भएको थियो ।

पहिलो सेटमा २५-२० को हारमा नेपाली टिम सामान्य गल्तीका कारण पछि परेको थियो । तर खेलमा पुनरागमन गरेको नेपालले दोस्रो, तेस्रो र चौथो सेटमा उज्वेकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान बनाएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार