प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं: सङ्घीय संसद्को अन्तर्गत प्रतिनिधिसभाको बैठक आज ( शनिबार) बस्दैछ ।

बैठक संघीय संसद भवन बानेश्वरमा आज दिउँसो ४ बजे बैठक बस्नेछ ।

Dengue

शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गरेपछि आजको लागि बैठक बोलाइएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ ।

यसअघि शुक्रबार एमालेका सांसदले बैठकको प्रारम्भमै आसनबाट उभिएर पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार