सेवा विस्तार गर्दै महाकाली अस्पताल

कञ्चनुर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले सेवाको दायरा विस्तार गरेसँगै बिरामीको चाप बढ्दै गएको छ । अस्पतालले पछिल्ला वर्षमा सेवा विस्तार गर्दै विशेषज्ञ चिकित्सकसहितको सेवा प्रदान गर्न थालेपछि उपचारका लागि भारतलगायत अन्यत्र जानुपर्ने बाध्यता हट्दै गएको छ ।

पाँच वर्षअघि मात्रै यहाँ दैनिक एक सयको हाराहारीमा बिरामी स्वास्थ्य सेवा लिन आउने गरेकामा अहिले दैनिक पाँच सयदेखि छ सय बिरामी आउने गरेको महाकाली प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले अस्पतालले समयानुसार सेवा विस्तार गर्दै लगेकाले उपचारका लागि आउनेको सङ्ख्या पनि बढ्दै गएको जानकारी दिए ।

Dengue

‘केही समय कोभिडका कारण सेवा सञ्चालन गर्न सकिएको थिएन् । विस्तारित सेवा बुधबारदेखि सञ्चालनमा ल्याएका छौँ’, उहाँले भन्नुभयो, ‘विशेषज्ञ सेवा अस्पतालले दिँदा यहाँ आउने बिरामीको सङ्ख्या पनि बढ्दै गएको छ ।’ अस्तापलमा अहिले हाडजोर्नी, बालरोग, स्त्रीरोग, नाक कान घाँटी, एमडिजिपी, रेडियोलोष्टि र सर्जन गरी १४ विशेषज्ञ चिकित्सक कार्यरत छन् ।

अध्यक्ष भट्टका अनुसार अस्पतालमा हाल ११ एमबिबिएस चिकित्सक, तीन दन्त रोग विषेशज्ञ छन् ।विसं २०४० को दरबन्दी हालसम्म कायम रहेको बताउँदै उनले दरवन्दी बढाउनुपर्ने बताए । ‘पहिलेको दरबन्दी एक सय जनाको थियो । यहाँ दरबन्दी, अस्पताल व्यवस्थापन समिति, विभिन्न कार्यक्रममा गरी दुई सय भन्दा बढी चिकित्सकसहित स्वास्थ्यकर्मी कार्यरत छन्’, अध्यक्ष भट्टले भने, ‘एक सय शैयाको महाकाली अस्पताललाई दुई सय शैयाको बनाउने तयारी छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार