बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । बजार परिसूचक नेप्से १६.४९ अंकले वृद्धि हुँदा १९५९.१२ अंकको विन्दुमा बन्द भएको छ । गत साताको सोमबार एकल अंकको सामान्य गिरावट भएर मंगलबारदेखि बढ्न सुरु भएको नेप्से त्यसयताको ७ औं दिन पनि लगातार वृद्धि भएको छ ।

१ जेठ सोमबारको ‘इन्ट्रा–डे’ कारोबारमा करिब एक वर्ष यताकै न्यून विन्दु १८०७.५३ अंकको विन्दुमा झरेर सोही दिन १८१८.३१ अंकमा बन्द भएको नेप्से त्यसपछिको ७ कारोबार दिनमा लगातार वृद्धि हुँदा १४०.८१ अंकले वृद्धि भएको छ । बुधबार नेप्सेमा वित्त कम्पनी, हाइड्रोपावर र म्युचुअल फण्ड उपसूचकमा गिरावट हुँदा अन्य उपसूचकहरु भने बढेका छन् । हाइड्रोपावर उपसूचक ०.३१ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.२१ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी सर्वाधिक ०.४५ प्रतिशतले गिरावट भएको छ । उत्पादनमूलक उपसूचक सर्वाधिक ४.६९ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक ४.४७ प्रतिशतले वृद्धि भएको छ ।

Dengue

नेप्सेमा वृद्धि भएपनि मंगलबारको तुलनामा बुधबार कारोबार रकम घटेको छ । मंगलबार १४ फागुन २०७९ यताकै उच्च २ अर्ब २० करोडको कारोबार भएको बजारमा बुधबार कारोबार रकममा केही संकुचित भएको हो । बुधबार ३४ हजार ८४१ वटा कारोबारमा ४८ लाख ६५ हजार ४७५ कित्ता सूचीकृत धितोत्रप किनबेच हुँदा १ अर्ब ८७ करोड ३० लाखको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको मात्रै करिब १४ करोड ६५ लाखको कारोबार हुँदा नेशनल लाइफको करिब ७ करोड ७५ लाख र हिमालयन डिस्टलरीको ५ करोड ८१ लाखको कारोबार भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार