नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न नेता ज्ञवालीको माग

धनगढी । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । प्रेस चौतारी कास्कीद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीमाथि कारवाही गर्न माग गरेका हुन् ।

‘शरणार्थी काण्डको छानबिन गर्न सजिलो होस् भनेर एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्वन गरेका छौँ, कांग्रेसले पनि पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई संरक्षण गरेर राख्नु हुँदैन’, उनले भने, ‘छानबिनका लागि प्रहरीलाई सजिलो बनाइदिनुपर्छ ।’

Seti Hospital

नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई नै गम्भीर असर पारेको बताउँदै उनले ठूला राजनीतिक दल एकै ठाउँमा उभिएर लोकतन्त्रको रक्षा गर्न आवश्यक रहेको औँल्याएका छन् । नक्कली भुटानी शरणार्थी, वाइडबडी, एनसेललगायत काण्डको छानबिन गरी दोषीमाथि कडा कारबाहीको मागसमेत उनले गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई call24news.media@gmail.com मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार