सनराइज बैंकद्धारा धनगढीका दुई विद्यालयलाई ‘प्रोजेक्टर’ र उपमहानगरपालिकाई ‘डस्टबिन’ सहयोग

भक्तराज जोशी

धनगढी । सनराइज बैंकले धनगढीका दुई विद्यालयमा ‘प्रोजेक्टर’ सहयोग गरेको छ । बैंकले धनगढी उपमहानगरपालिकाका ऐश्वर्या विद्या निकेतन र त्रिनगर माद्यामिक विद्यालयलाई ‘प्रोजेक्टर’ सहयोग गरेको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले मंगलबार विद्यालयमा प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्धेश्य अनुरुप ‘प्रोजेक्टर’ सहयोग गरेको हो । सामाग्री बैंकका तर्फबाट नायब महाप्रबन्धक रविन नेपालले धनगढीको हसनपुरस्थित ऐश्वर्या विद्या निकेतनका प्रध्यानाध्यापक प्रेम निधी ओझालाई हस्तान्तरण गरेका हुन् ।

Dengue

सामाग्री हस्तान्तरण गर्दै नेपालले उक्त सहयोगले विद्यालयको शिक्षा गुणस्तरमा टेवा पुग्ने विश्वास गरेका छन् । त्यस्तै, प्रअ निधीले सामाग्री सहयोग गरेको भन्दै बैंकलाई धन्यवाद दिएका छन् । उनले भने– ‘यो सहयोगले कक्षा ११ र १२ का विद्यार्थीहरुलाई प्रविधिमैत्री शिक्षा प्रदानमा सहयोग पुग्नेछ ।’

योसँगै बैंकले धनगढी उपमहानगरपालिकालाई पनि ३० थान डस्टबिन सहयोग गरेको छ । सफा र फोहोररहित नगर अभियानमा सहयोग होस् भनि डस्टबिन सहयोग गरेको बैंकले जनाएको छ । सो डस्टबिन उपमहानगरपालिकाका तर्फबाट मेयर गोपाल हमालले ग्रहण गरेका थिए । सो डस्टबिनहरु चोक तथा सडकपेटिकामा राखिनेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार