मुख्यमन्त्री शाह पुनः काठमाडौंमा

धनगढीः मन्त्रीपरिषद सहमति जुटाउन सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह पुनः काठमाडौंमा पुगेका छन्।

उनी प्रदेश सरकारका २ मन्त्री भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा र आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीसहित सोमवार साँझ काठमाडौं पुगेका हुन्। मन्त्रीपरिषद् विस्तारमा छलफल गर्न साथै शीर्ष नेताहरूसँग सहयोग माग्न उनी पुनः काठमाडौं गएको मुख्यमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ। एक साताअघि पनि मुख्यमन्त्री शाह मन्त्री मण्डल विस्तारलाई लिएर काठमाडौं पुगेका थिए। त्यसताका उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालगायतका नेताहरूसँग भेटघाट गरेका थिए।

SHIKHAR COOL TECH

निर्वाचन भएको पाँच महिना भइसक्दा पनि सुदूरपश्चिम सरकारले पूर्णता पाउन सकेको छैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार