नेपाललाई स्वर्ण

धनगढी । नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसीपमा स्वर्ण पदक जितेको छ । नेपालले यु–१९ छात्र टिम स्पर्धामा स्वर्ण जितेको टिम प्रशिक्षक सञ्जय अर्यालले जानकारी दिएका छन् ।

भारतको अरुणाचल प्रदेशस्थित इटानगरमा भएको उक्त प्रतियोगितामा नेपालले राउन्ड रोविन लिगमा सर्वाधिक अङ्क बटुल्दै स्वर्ण जितेको हो । सो स्पर्धामा नेपालसहित चार राष्ट्रले प्रतिस्पर्धा गरेका थिए ।

Dengue

नेपालले बङ्गलादेशलाई ३–० तथा माल्दिभ्सलाई ३–२ ले पराजित गरेको थियो । श्रीलङ्कासँग भने नेपाल ३–१ ले चुक्यो । नेपालबाट सुजल गडाल, विश्व बानियाँ, विशाल गोले र सिद्धार्थ तामाङले प्रतिस्पर्धा गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार