बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी

नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रतीकलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले आइतवार अनुमति दिएको उच्च प्रहरी स्रोतले जानकारी दिएको छ ।

Dengue

प्रहरीका अनुसार पूर्व सांसद आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

शेर्पाले नक्कली शरणार्थी गिरोहका नाइके सानु भण्डारीलाई हिरासतमै पुगेर भेटेको सार्वजनिक भएको थियो ।

यस प्रकरणमा मुछिएका कांग्रेस नेताहरूको सन्देशसहित शेर्पाले भण्डारीलाई भेटेको पुष्टि भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार