‘करोडौँ पर्ने बङ्गला तिमिलाई कसले किन्दियो ?’

भक्तराज जोशी

धनगढी । सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेसँगै अहिले देशभर भ्रष्टाचारविरुद्धको आवाज चर्किएको छ ।

त्यसैमाथि सोही प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै झनै यो प्रकरण थप चोटीलो बनेको छ । यसै पनि यो प्रकरणमा पूर्वगृमन्त्री मात्र होइन अन्य भिआईपीका छोराहरु पनि पक्राउ परेका छन् ।

Dengue

यसैबीच नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएका टोपबहादुर रायमाझी फरार भएदेखि उनको खोजीकार्यका लागि देशभरबाट दबाबमुलक प्रदर्शन हुन थालेका छन् ।

सोही क्रममा शुक्रबार काठमाडौंको माइतीघरमा पनि भ्रष्टाचारविरुद्ध प्रचण्ड सरकारले चालेको पहललाई धन्यवाद दिँदै र थप भ्रष्टाचारका फाइल खोल्न आग्रह गर्दै प्रदर्शन गरिएको छ । सो प्रदर्शनमा प्रदर्शनकारीहरुले ‘करोडौंको बङ्गाल तिमिलाई कसले किन्दियो’ लगायतका पम्प्लेट प्रदर्शन गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार