आईपीएलमा लखनउ र हैदरावाद, पञ्जाब र दिल्ली खेल्दै

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा लखनउ सुपर जाइन्ट्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा दिल्ली क्यापिटल्सले पञ्जाब किंग्ससँग प्रतिस्पर्धा गर्दैछ ।

लखनउले घरेलु टिम हैदरवादविरुद्ध नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे प्रतिस्पर्धा गर्नेछ । आजको खेलमा हैदरावादलाई पराजित गर्दै लखनउले प्लेअफमा पुग्ने आफ्नो सम्भावनालाई कायमै राख्ने लक्ष्यमा छ । लखनउको ११ खेलबाट ११ अंक नै छ । नवौँ स्थानमा रहेको हैदरावादको १० खेलबाट आठ अंक मात्रै छ । प्लेअफमा पुग्न हैदरावादलाई अबका लगभग सबै खेल जित्नु पर्ने हुन्छ ।

Dengue

त्यस्तै, आजै राति ७ः४५ बजे दिल्लीले आफ्नो घरेलु मैदानमा पञ्जाबसँग प्रतिस्पर्धा गर्न लागेको हो । पञ्जाब आईपीएलको आठौँ स्थानमा रहँदा दिल्ली पुछारमा छ । ११ खेलबाट पञ्जाबले १० अंक बनाएको छ । भने दिल्लीले ११ खेलबाट आठ अंक बनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार