जुगेडाको गोल्डेन ज्योती स्कुलमा माया मेट्रोको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

धनगढी । कैलालीको धनगढीमा रहेको माया मेट्रो हस्पिटलले धनगढीमै रहेको एउटा स्कुलमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । धनगढी उपमहानगरपालिका वडा नं. १२ जुगेडामा रहेको गोल्डेन ज्योती बोर्डिङ्ग स्कुलमा हस्पिटलले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

शुक्रबार आयोजना गरिएको एक दिने स्वास्थ्य शिविरमा स्कुलका ३ सय जना विद्यार्थीहरुले सेवा लिएको हस्पिटलका लेखा अधिकृत धर्म बोगटीले जानकारी दिए । उनले स्कुलसँगको समन्वयमा विद्यार्थीहरुको स्वास्थ्य अवस्थाको जानकारीका लागी शिविरको आयोजना गरिएको बताए ।

Dengue

हस्पिटलकी बालशल्य चिकित्सक डाक्टर सुलोचना दाहाल तथा डाक्टर खगेन्द्र सिह धामी लगायतको स्वास्थ्यकर्मीहरुको टोलीले उक्त स्कुलका विद्यार्थीहरुको चेकजाँच गरेको बोगटीले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार