धनगढी । सुदूरपश्चिम प्रदेशमा मन्त्रीको नाम टुङ्ग्याउन माओवादी संसदीय दलको बैठक बस्ने भएको छ ।
प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्ग्याउन माओवादीले संसदीय दलको बैठक बोलाइएको हो। सहभागी हुने मन्त्रीहरूको नाम टुङ्ग्याउन नसकेको माओवादीले आज दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको हो ।संसदीय दलका नेता खगराज भट्टले सरकारका सम्बन्धमा आवश्यक निर्णय लिन बैठक बोलाएको बताए । यहाँ माओवादी केन्द्रले आर्थिक मामिला र भौतिक पूर्वाधार मन्त्रालय मध्ये कुनै एउटा पाउनुपर्ने दाबी गर्दै आएको थियो।
तर पहिलै कांग्रेस र समाजवादीले लिइसकेकोले अब माओवादीले तीन वटा मन्त्रालय पाउनुपर्ने अडानमा छ ।
प्रतिक्रिया दिनुहोस्