कैलालीमा ९० लिटर घरेलु रक्सी बरामद गरी नष्ट

कैलाली। कैलालीमा प्रहरीले ९० लिटर घरेलु रक्सी बरामद गरी नष्ट गरेको छ।

कैलालीको कैलारी गाउँपालिकाका विभिन्न स्थानबाट इलाका प्रहरी कार्यालय हसुलियाले ९० लिटर घरेलु रक्सी बरामद गरी नष्ट गरेको हो।

Seti Hospital

जिल्ला प्रहरी कार्यालय कैलालीको आदेशअनुसार बुधवार इलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख प्रहरी नायव निरिक्षक राजेन्द्रसिंह कार्कीको कमाण्डमा वडा नम्बर–६ को भगतपुर, धर्मपुर, खरुवाखेरा र वनकट्टामा खटिएर स्विप अप्रेसन गर्दा अवैध रुपमा उत्पादन गरेर बिक्री वितरणका लागि राखिएका उक्त अबैध घरेलु रक्सी बरामद गरिएको हो। प्रहरीले बरामद गरिएको रक्सी स्थानीयवासी र स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा नष्ट गरिएको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार