एमालेको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं: नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज (बिहीवार)बाट सुरु भएको छ । बैठक एमाले पार्टी कार्यालय ललितपुरको च्यासलस्थित तुल्सिलाल प्रतिष्ठानमा भएको हो ।

बैठकमा राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका १० एजेण्डामाथि छलफल हुने कार्यसूची रहेको छ। एमाले प्रचार विभाग उपप्रमुख बिष्णु रिजालले केन्द्रीय कमिटि बैठक १० बजेबाट हुने र बैठकमा पार्टी अध्यक्ष केपी शर्माले ओलीले १० वटा एजेण्डा छलफलका लागि प्रस्तुत गर्ने बताए ।

Dengue

उनले भने,‘एमालेको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ । बैठकमा बिभिन्न १० वटा एजेण्डमा माथि छलफल हुनेछन् । बिशेषगरी राजनीतकि प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन,प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका १० वटा एजेण्डामा छलफल हुनेछन् ।’ बैठक तीन दिनसम्म चल्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार