झाडापाखालाका कारण डडेल्धुरामा एक बालिकाको मृत्यु

डडेल्धुराः झाडापाखालाका कारण डडेल्धुरामा एक बालिकाको मृत्यु भएको छ।

जिल्लाको परशुराम नगरपालिका–८ गुप्तेगडाकी १४ वर्षीया संगिता धामीको मंगलबार साँझ मृत्यु भएको हो। केही दिनअघि बिरामी परेकी उनलाई हिजो नै जोगबुढा अस्पताल पु¥याइएको थियो। धामीको झाडापखालाका कारण ज्यान गएको जोगबुडा अस्पतालका डाक्टर जितेन्द्र चौधरीले बताए।

संगिताको शरिरमा पानीको मात्रा निकै कम भएको अवस्थामा थप उपचारका लागि धनगढी रेफर गरेकामा उनको बाटोमै मृत्यु भएको हो। यस्तै सोही गाउँका अन्य ३ जना समेत झाडापखालाका कारण अस्पताल भर्ना भएका छन्। संगितासहित एकै परिवारका ५ जना मंगलबार उपचारका लागि जोगबुडा अस्पताल पुगेका थिए। मृतकका आफन्तले अस्पतालले लापरबाही गरेका कारण बालिकाको ज्यान गएको भन्दै बिरोध गरिरहेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार