पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

काठमाडौं: पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्। इस्लामबाद उच्च अदालत बाहिर मंगलबार उनलाई सुरक्षाकर्मीले पक्राउ गरेका हुन्।

इस्लामबादका आइजीले यसको पुष्टि गर्दै अलकादिर ट्रस्ट मुद्दामा उनलाई पक्राउ गरिएको जानकारी दिएका छन्। यससँगै इस्लामबाद प्रहरीले धारा १४४ जारी गरेको छ। यसको उल्लंघन गरे कारबाही गर्ने प्रहरीले जनाएको छ।

Seti Hospital

पीटीआईले पूर्वप्रधानमन्त्री खानलाई अदालत परिसरबाट अपहरण गरेको आरोप लगाएको छ। पार्टीका नेता फवाद चौधरीले पूर्व प्रधानमन्त्री खानलाई पक्राउ गरिएको र वकिल र सर्वसाधारणलाई यातना दिएको बताए। उनले तत्काल अदालतमा पेस गर्न चेतावनी दिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार