प्रहरी किन एक्कासी कमजोर देखियो: पुर्व मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री त्रिलोचन भट्टले नक्कली शरणार्थी प्रकरणमा प्रहरी किन एक्कासी कमजोर भएको भन्दै प्रश्न गरेका छन । उनले सामाजिक संजाल फेसबुक मार्फत उक्त प्रकरणमा सुरक्षा सल्लाहकार र सचिव पक्रिदा सम्म तिब्रगतीमा देखिएको प्रहरी एक्कासी किन कमजोर भयो भनेर प्रश्न गरेका हुन ।

उनले पछिल्लो समय प्रहरी कमजोर देखिनु चासोको बिषय भएको बताएका छन् । उनले अगाडी लेखेका छन ‘दोषीहरुलाई कानुनको दाईरामा ल्याउनुपर्छ । सरकारले पछिहट्नु हुदैन ।’

Dengue

उनले शुसासन दिने र भ्रष्टाचार नियन्त्रणका चर्का कुरागर्ने नयाँ पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता गरेको देख्दा सरकारलाई दबाबमा राख्नखोजेको बताएका छन । उनले सरकारको नेतृत्व दबाब झेल्न सक्ने स्वतंत्र निर्णय लिन सक्ने क्षमता राख्ने भएकोले आम नागरिकहरु चासो र विश्वासका साथ हेरिरहेको बताएका छन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार