कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ

धनगढीः कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ त्रिनगर भन्सार ब्यारेल नजिकबाट लागूऔषधसहित गौरीगंगा नगरपालिका–८ का १९ वर्षीय राममाया कुश्मी शनिबार पक्राउ परेका छन्। उनी दुई ग्राम लागुऔषधसहित पक्राउ परेका हुन्। त्यस्तै टीकापुर नगरपालिका–९ खक्रौलाबाट पनि लागूऔषधसहित थप दुई जना पक्राउ परेका छन्।

Seti Hospital

३ ग्राम ८० मिलिग्राम लागुऔषधसहित शनिबार लम्कीचुहा नगरपालिका–२ मोतीपुरका २६ वर्षीय सागर घिमिरे र सोही नगरपालिका बगौराका ३३ वर्षीय प्रेम सुनार पक्राउ परेका हुन्। ईलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले सागरलाई करिब २ ग्राम १७० मिलिग्राम र सुनारलाई करिब ९ सय १० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार