प्रधानमन्त्री दाहालद्वारा संवैधानिक परिषद्को बैठक आह्वान

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्।

प्रचण्डले सोमबार साँझ ६ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ।

Galaxy

शनिबार प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो।

उक्त भेटपछि बैठक बोलाइएको हो। भोलिको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल हुने सम्भावना छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार