९ महिनामा नेपालबाट ६ करोडको भ्याक्सिन निर्यात

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९ र ८० को ९ महिनामा नेपालबाट ६ करोड ८० लाख ५६ हजार रुपैयाँको भ्याक्सिन निर्यात भएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि चैत महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको भ्याक्सिन निर्यात भएको हो ।

यस अवधिमा १ लाख ६० हजार २०० वटा भ्याक्सिन निर्यात भएको तथ्यांकमा उल्लेख छ । यस्तै, यस अवधिमा नेपालबाट १ लाख ३० हजार रुपैयाँ बराबरको २०० वटा भेटेनरी भ्याक्सिन निर्यात भएको छ ।

Dengue

नेपालबाट अल्जेरिया र अंगोलामा मानवीय र भेटेनरी भ्याक्सिन निर्यात हुँदै आएको छ । अल्जेरियामा ६ करोड ७९ लाख रुपैयाँको मानवीय भ्याक्सिन निर्यात हुँदा अंगोलामा १ लाख ४ हजार रुपैयाँको मानवीय भ्याक्सिन निर्यात भएको छ ।

नेपालबाट निर्यात भएको सम्पूर्ण भेटेनरी भ्याक्सिन अंगोलामा नै निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार