दुर्घटना न्यूनिकरणमा कैलाली ट्राफिकको लोभ लाग्दो प्रगति, ३ महिनामै ७ सय ८ जनालाई प्रशिक्षण दिइयो

भक्तराज जोशी

काठमाडौं । सडक दुर्घटना न्यूनिकरण र ट्राफिक नियम सचेतना कार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीको भूमिका उल्लेखनीय छ ।

पछिल्लो समय मोहना–अत्तरिया ६ लेन सडकखण्डमा सडक दुर्घटनाका केसहरु बढ्न थालेपछि ट्राफिक प्रहरी कार्यालय धनगढीले सचेतना कक्षा सञ्चालन गर्दै आएको छ । सचेतना कक्षाले ट्राफिक नियम पालनामा ठूलो भूमिका खेलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीका प्रमुख तथा प्रहरी निरिक्षक विरेन्द्र जोहारीले बताएका छन् ।

Dengue

‘हाम्रो उद्धेश्य भनेको सडक दुर्घटनालाई शून्यमा झार्नु हो’, उनले भने, ‘सचेतना फैलाउने र नियम उल्लंघन गर्ने कुरामा हामी कुनै पनि कम्प्रमाइज गर्दैनौँ ।’

त्यस्तै, पछिल्लो समय सञ्चालन गरिएको ट्राफिक नियम सचेतना कक्षामार्फत ७ सय ८ जना सवारी चालकलाई प्रशिक्षण गरिएको जोहारीले जानकारी दिएका छन् । उनका अनुसार कक्षा प्रत्येक शुक्रबार बिहान ८ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेगर्छ ।

कक्षामा लेन अनुशासन पालना नगर्ने, तिब्र गति र मादक पदार्थ सेवन गरी सवारी साधन चलाएर कार्वाहीमा परेकाहरुलाई प्रशिक्षा दिने गरेको इन्स्पेक्टर जोहारीले बताएका छन् । योसँगै उनले ट्राफिक नियमाको दुरुस्त पालना गर्नसमेत सबैमा अपिल गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार