नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौँ : नवनियुक्त तीन मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली कांग्रेसबाट धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बूलाई मन्त्री बनाएका थिए । गुरुङ कानुन न्याय तथा संसदीय मामिला, बस्नेत स्वास्थ्य तथा जनसंख्या र लिम्बू युवा तथा खेलकुद मन्त्री बनेका हुन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार शीतल निवासमा पद तथा गोपनियताको शपथ गराएका हुन् ।

Dengue

यससँगै वर्तमान सरकारमा कांग्रेसबाट मन्त्रीको संख्या आठ पुगेको छ भने अझै दुई मन्त्रालय रिक्त छन् ।रिक्त रहेका खानेपानी र वन तथा वातावरण मन्त्रालय प्रधानमन्त्री दाहालले आफैँसँग राखेका छन् ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे सहभागी थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार