धनगढीका अधिकांश सटर भाडामा (फोटो फिचर)

भक्तराज जोशी

धनगढी । पछिल्लो केही महिनायता व्यापार व्यवसाय चौपट हुँदा अधिकांश व्यापारीहरु व्यवसायबाट नै पलायन भएका छन् । अझ सुदूरपश्चिमको मूख्य व्यापारिक केन्द्रको रुपमा रहेको धनगढीमा त झनै व्यापारीहरुको बिजोग नै छ । विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दी र बैैंकहरुको चर्को ब्याजदरका कारण व्यवसायीहरु धमाधम व्यवसायबाट नै पलायन हुन थालेका छन् । जसको परिणाम धनगढीका अधिकांश व्यापारिक सटर भाडामा देखिन्छन् ।

व्यवसाय सुरु गर्दाको ऋण, बैंकको ऋण, घरभाडा र त्यसैमाथि बैंकहरुको चर्को ब्याजदरका कारण आत्तिएका व्यवासायी व्यापार नै बन्द गर्ने निष्कर्शमा पुगेका हुन् । अहिले धनगढीका अधिकांश सटरहरुमा टू–लेटका पम्प्लेटहरु देख्न सकिन्छ । कुनै समय धनगढीमा सटर भाडामा लिनका लागि पनि महिनौँ वा वर्षौंसम्म कुनुपर्ने अवस्था थियो भने हाल आर्थिक मन्दी र अवस्थाका कारण व्यवसायबाट व्यापारीहरु विस्थापित हुने क्रम बढेको छ । फोटो फिचरः

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार