धनगढीः कञ्चनपुरको बेलौरीबाट एक युवती लागुऔषधसहित पक्राउ परेकी छन्।
बेलौरी नगरालिका–६ नकैयाबाट ५६ मिलिग्राम लागुऔषधसहित धनगढीकी सन्ध्या चौधरी पक्राउ परेकी हुन्। धनगढी उपमहानगरपालिका–३ मिलनचोककी २० वर्षीया सन्ध्यालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई लागुऔषधसहित पक्राउ गरिएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्