काठमाडौं । बाजुरामा फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।
शनिबार बिहान भूकम्पको एउटा धक्का मापन गरिएको हो । बिहान ११ बजेर २८ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रविन्दु भएको ३।६ म्याग्निच्युडको कम्पन मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि, बाजुरा नै केन्द्रविन्दु भएका १० घण्टामा भूकम्पका पाँच धक्का मापन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्