धनगढीमा बुवाले गरे आफ्नै छोराको हत्या

धनगढीः धनगढीमा बुवाले आफ्नै छोराको हत्या गरेका छन्। आज शनिबार १२ः१५ बजे धनगढी उपमहानगरपालिका–६ मट्यारीका ४७ वर्षीय महेशकुमार चौधरीले आफ्नै छोरा २१ वर्षीय अर्जुन चौधरीको हत्या गरेका हुन्।

अर्जुनलाई घर देखि करिब १५० मिटर टाढा जंगलमा ईटाले टाउकोमा हानि हत्या गरेको महेशकुमार आफैले स्वीकार गरेको छन् । छोराको घटना स्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमको कमाण्डमा खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। घटना भएको स्थान जिल्ला प्रहरी कार्यालय कैलालीबाट ५ किलोमिटर उत्तरमा पर्छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार