भारतमा कोरोना संक्रमणबाट थप २९ जनाको मृत्यु

नयाँ दिल्ली: भारतमा एकैदिन थप ९ ह जार ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्‍लो २४ घन्टामा थप ९ हजार ६२९ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या भने घट्दै गएको छ। ६३ हजार ३८० सक्रिय संक्रमित रहेकोमा हाल घटेर ६१ हजार १३ पुगेको हो।

पछिल्लो २४ घन्टामा कोरोनाबाट २९ जनाले ज्यान गुमाएका छन्। योसहित देशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ३१ हजार ३९८ पुगेको छ।

हाल दैनिक कोरोना संक्रमण दर ५.३८ प्रतिशत र साप्ताहिक ५.६१ प्रतिशत पुगेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार