धनगढीः धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–२ तिल्के तालबाट ९ ग्राम ७ सय ४० मिलिग्राम लागुऔषधसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ का ४९ वर्षीय जयराज भट्ट पक्राउ परेका छन्। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले टोलीले भट्टलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।
त्यस्तै धनगढी उपमहानगरपालिका–८ बुद्धचोकका २० वर्षीय उमेश घलेलाई पनि प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ। १ ग्राम लागुऔषधसहित मंगलबार दिउँसो घलेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्