राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार 

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ । उहाँ सामान्य हिँडडुल गर्न थाल्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता बढाउने एन्टिबायोटिक प्रयोग गरिएको छ । राष्ट्रपति पौडेलको उपचारसँग सम्बन्धित थप परीक्षण भैरहेको छ । भारतको दिल्लीमा रहेको एम्स अस्पतालमा गएको बुधबारदेखि उहाँको उपचार भैरहेको छ ।

छाती र पेटमा समस्या देखिएपछि उहाँलाई एअर एम्बुलेन्समार्फत भारत लगिएको थियो । राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि गएको चैत १८ गते त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको थियो । चैत २२ गते डिस्चार्ज हुनुभएका राष्ट्रपति पौडेललाई सोमबार पुनः शिक्षण अस्पताल लगिएको थियो । त्यसपछि भारत लगिएको हो ।शुभमन गिलको अर्धशतक अनि डेविड मिलर, अभिनव मनोहर र राहुल तेवाटिया आक्रामक ब्याटिङमा गुजरातले दुई सय रनको स्कोर कटाएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार