आज राति १२ बजेदेखि मौन अवधि लागू हुने, के गर्न पाइँदैन?

काठमाडौं। उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुने भएको छ। निर्वाचन आयोगका अनुसार आज राति १२ बजेबाट मौन अवधि सुरु हुने र मौन अवधिमा प्रचारप्रसार गर्न पाइने छैन।

उपनिर्वाचनको प्रचारप्रसार वैशाख ७ गते राति १२ बजेसम्म मात्रै गर्न पाइन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। त्यसपछिको अवधिमा प्रचार गर्न नपाइने र प्रचारप्रसार गरेको पाइए कारबाही हुने उनले बताए।

चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन। आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार