रौतहटमा गोली चलाउने १६ पक्राउ

काठमाडौं । रौतहटको गढीमाई नगरपालिका–८ मा गोली चलाउने घटनामा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Dengue

सडक विस्तारका क्रममा भएको विवादमा शनिवार दिउँसो गोली चलेको थियो । गोली लागेर स्थानीय ५० वर्षीय रामकुमार राय यादवको निधन भएको छ भने निरन्जन राय यादव, प्रताप यादवसहित अन्य दुई घाइते भएका छन् । उनीहरुको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा पक्राउ पर्ने लालबाबु यादव, रामसेवक राय, मिथलेख यादव, दिनेश यादव, बच्चा गिरी, विनेश यादव, प्रदीप यादव, श्याम यादव, उमेश यादव लगायत रहेका छन् । घटना नियन्त्रण गर्न प्रहरीले शनिवार ठुलो संख्यामा प्रहरी परीचालन गरेको थियो । प्रहरीका अनुसार धोबिनियास्थित सडक चौडा गर्ने क्रममा स्थानीय रामइश्वर राय यादव र राजकुमार यादवबीच विवाद भएको थियो । दुई पक्षबीचको विवाद झडपमा बदलिएको थियो । झडपमा रामइश्वर पक्षले गोली चलाएको प्रहरीको भनाई छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार