काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकास्थित सेती प्रादेशिक अस्पतालमा कोभिड–१९ संक्रमित महिलाको मृत्यु भएको छ । लामो समयको अन्तरपछि कोडिभ–१९ संक्रमणबाट महिलाको मृत्यु भएको हो ।
मृत्यू हुने कन्चनपुर भीमदत्त नगरपालिका ७३ वर्षीय वृद्धा रहेकी छिन् । उनको आइतवार बिहान ८ बजे मृत्यू भएको अस्पतालले जानकारी दिएको छ । महिला मुटु रोगबाट पीडित थिइन् । कोभिड–१९ बाट संक्रमित भएपछि उनलाई गत २६ चैतमा अस्पताल भर्ना गरिएको थियो । उनको आइसियूमा राखि उपचार भइरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्