धेरै मानिसको गुनासो हुन्छ कि महंगो भन्दा महंगो परफ्यूम किनेर प्रयोग गर्दा पनि शरीरमा बासना (सुगन्ध) धेरै बेरसम्म टिक्दैन । गुनासो त राम्रै हो, तर महंगो परफ्यूमले मात्रै बासना टिकाउने ग्यारेन्टी भने दिँदैन ।
परफ्युमको बासना धेरै समयसम्म टिकाउनका लागि त हामीले विशेष उपाय अपनाउनुपर्ने हुन्छ । त्यस्तो उपाय हो, शरीरका केही निश्चित भागमा अनिवार्य परफ्युम छर्कने ।
आउनुहोस्, आज हामीले शरीरका कुन कुन भागमा परफ्यूम छर्कदा धेरै समयसम्म बासना आउँछ भनेर केही जानकारी लिएर आएका छौं । जो निम्नानुसार छ,
नाभि (नाइटो): नाभि शरीरको तातो हिस्सामध्ये एक हो । यसरकारण यदि तपाईंले नाभिमा परफ्यूम लगाउनुभयो भने धेरै बेरसम्म बासना आउँछ । अमेरिकाकी टेलिभिजन अभिनेत्री लिव टाइलर भन्छिन् कि, उनी पनि दैनिक रुपमा नाभिमा परफ्यूम छर्किने गर्छिन् । नाभिमा परफ्यूम लगाउँदा ध्यान दिनुपर्ने कुरा पनि छन्, तपाईंले छर्केको परफ्यूम नाभिको धेरै भित्री भागसम्म जानु राम्रो हुँदैन ।
कपाल: तपाईंलाई मनपर्ने परफ्यूम थोरै मात्रामा कपालमा पनि छर्किने गर्नुहोस् । परफ्यूम टाउकोको छालासम्म पुग्नु पर्ने हुन्छ । यस्तो गर्नाले तपाईंले लगाएको परफ्यूमको बासना लामो समयसम्म रहिरहन्छ ।
कानको पछाडि: कानको पछाडि हात लगेर छाम्नुहोस् । त्यहाँ जुन नशा छन् त्यससँग जोडिएको छालमा परफ्यूम छर्किनुहोस् । यसले पनि तपाईंले छर्केको परफ्यूमको बासनालाई धेरै बेरसम्म बचाएर राख्ने छ ।
कुहिनामा: तपाईंले पक्कै पनि आफ्नो कुहिनामा पसिना आएको दुख्नुभएको होला । यदि तपाईंले पसिना आउने त्यो कुहिनामा परफ्युम लगाउनुभयो भने त्यसले तपाईंको शरीरको सुगन्ध बढाउने छ । र परफ्यूमको सुगन्धलाई लामो समयसम्म बचाएर राख्ने छ ।
घुँडाको पछाडि: कुहिनामा जस्तै घुँडाको तल्लो हिस्सा (पछाडि) पनि पसिना आउँछ । यदि तपाईंले यहाँ परफ्यूम छर्किनुभयो भने यसले तपाईंको शरीरलाई बासनायुक्त बनाउने छ ।
प्रतिक्रिया दनुहोस्