मन्त्रिपरिषद् विस्तारः ९ दलमध्ये ८ दलका १२ मन्त्रीहरुले लिए सपथ

काठमाडौं । ९ दलमध्ये ८ दलका थप १२ मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । शुक्रबार शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले ८ दलका १२ मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् ।

कांग्रेसका पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षा, नेकपा एकीकृत समाजवादीका डाक्टर बेदुराम भुसाल कृषि तथा पशुपन्छी, जसपाका अशोक राई शिक्षा, लोसपाका शरदसिंह भण्डारी श्रम तथा रोजगार, कांग्रेसका डाक्टर प्रकाशसरण महत अर्थ मन्त्रालयको सपथ लिएका छन् ।

यस्तै, माओवादीका शक्ति बस्नेत ऊर्जा तथा जलश्रोत, एकीकृत समाजवादीका प्रकाश ज्वाला भौतिक, नेसपाका महिन्द्र राय यादवले महिला बालबालिका, नागरिक उन्मुक्तीका रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, कांग्रेसका रमेश रिजाल उद्योग र कांग्रेसकै सिता गुरुङले सहरी विकासको रुपमा शपथ लिएका छन्् । यसअघि भौतिक मन्त्रालयमा रहेको नारायणकाजी श्रेष्ठलाई उपप्रधानसहित गृहमन्त्री बनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार