धनगढी, भन्सारदेखि गेटा विमानस्थल जाने सडक सम्म छ लेन सडकको मिडियममा विभिन्न जातका ३०९० बिरूवाहरू धनगढी उप(महानगरपालिका द्धारा र विमानस्थल जाने सडक देखि गोदावरी नगरपालिकाको सिमा सम्म सुर्य नेपाल प्रा.ली.को सहयोगमा ४१५ बिरुवा गरि जम्मा ३५०५ बिरूवा रोप्ने कार्य सम्पन्न भएको थियो । हिजो राती धनगढी उप–महानगरपालिका छ लेन सडक खण्डको नेशनल चोक देखि कैलाली भन्सार जाने बाटोमा ७ वटा बोट बिरुवा चोरी भएको धनगढी उप–महानगरपालिकाका मेयर गोपाल हमालको फेसबुक पेज बाट पोष्ट गरीएको छ । पोष्टमा भनीएको छ, उक्त कार्य गर्ने व्यक्तिलाई चिन्नु हुनुहुने आमाबुवा, दाजुभाई, दिदिबहिनी सम्पर्क नं. ९८५८४८८८९५ मा जानकारी गरि सहयोग गर्नु हुन अनुरोध गर्दछु, साथै बिरूवाहरूलाई हुकाउने, बचाउने र सरक्षण गर्ने कार्यमा सहयोग गर्न सम्पूर्ण नगरवासीमा अनुरोध गर्दछु । उप–महानगरपालिकाले धनगढी छ लेन सडक र धनगढी बजारलाई लाई उत्कृष्ट बनाउने योजनाका साथ विभिन्न किसिमका प्रयास गर्दा पनि केहि मानिसले मेयर हमाललाई साथ नदिएको देखिन्छ ।मेयर हमालको फेसबुक पेज बाट पोष्ट भएको सुचनामा धेरै व्यक्तिहरुले प्रतिक्रिया दिएका छन् भने कतिपयले उक्त पोष्टलाई सेयर गरेका छन् ।
प्रमोद राज ओझा लेख्नुहुन्छ ः यस्ता असामाजिक तत्वहरुको पहिचान भएको खण्डमा दिनको समयमा नागरिक अभिनन्दन गर्नु पर्छ ।
त्यसैगरी लाल बहादुर बोगटीले सुझाब दिएर लेख्नुहुुन्छ ः जालिको हाइट सानो भयो कम्तिमा ५ फिट बनाउने पर्ने थियो ।
त्यसैमा अर्का धनगढीकै युवा पुष्पराज मिश्र लेख्नुहुन्छ ःकैलाली बहुमुखी क्याम्पस देखि जाखौर ताल जाने करिब ७०० मिं.बाटो नबनेर हैरान भयो मेयर साब ।।लौन केही गरिदिनु सारै गारो भयो।
यसरी जनताले आफुले दैनिकजसो भोग्नु परेको समस्या पनि समाजिक संञ्जालबाटै मेयर हमाल समक्ष पु¥याउने गरेका छन् भने मेयर हमालले पनी सामाजिक संञ्जाल आएका प्रतिकृयालाई चासोका साथ हेर्ने गरेको पाइन्छ । सामाजिक संञ्जालमा सक्रिय हमाल आफुले गरेका हरेक गतीविधी आफ्नो फेसबुक अकाउन्ट र आफ्नै अफिसिल फेसबुक पेजबाट दैनिक जसो उपयुक्त समय मिलाएर पोष्ट गर्ने गर्दछन् । जसले गर्दा जनताले निर्वाचित गरेर पठाएका जनप्रतिनिधी कसरी र कुन तहको काम गरीरहेका छन् भन्ने कुरा सजिलै थाहा पाउन सक्छन् । मेयर हमालले गरीरहेका काम प्रति जनता अहिले सम्म उत्साहित नै छन् आगामी आउने दिनमा भने उहाँले कस्तो काम गर्न हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।
प्रतिक्रिया दिनुहोस्