काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ५० पैसा र बिक्री दर १६२ रुपैयाँ २४ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ९७ पैसा र बिक्री दर १४२ रुपैयाँ ६२ पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ २१ पैसा र बिक्री दर १३१ रुपैयाँ ८१ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७६ पैसा र बिक्री दर ३५ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

प्रतिक्रिया दनुहोस्