फेवातालमा डुंगा दुर्घटना हुँदा घाइते भएकी वृद्धा महिलाको मृत्यु

काठमाडौँ – पोखराको फेवातालमा डुंगा दुर्घटना हुँदा घाइते भएकी वृद्धा महिलाको मृत्यु भएको छ। शनिबार दिउँसो पोखरा महानगरपालिका-६ स्थित फेवातालमा डुंगा दुर्घटनामा परेकी वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्रवनकुमार विकले जानकारी दिए।

पोखरा-१ बगर बस्ने ७० वर्षीया याममाया गिरीको गण्डकी स्वास्थ्य प्रतिष्ठानमा उपचारको क्रममा साँझ मृत्यु भएको उनले बताए। हावाहुरीका कारण दुई वटा डुंगा र एक जनामात्र बस्न मिल्ने चार वटा कायाक पल्टिएको थियो। जसमध्ये १० जना तालमा डुबेका थिए। उक्त दुर्घटना लगत्तै फेवाताल रेस्क्यु टावरमा रहेका सशस्त्र प्रहरी बलको गोताखोर सहितको टोलीले उनीहरूको उद्धार गरेको थियो। दुइटा डुंगामा ६ जना र चार वटा कायाकमा एक/एक जना थिए। उद्धार गरिएकामध्ये ९ जना सकुशल छन्।

dashain shuvakamana
Discovery School

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार