एमाले सरकारबाट बाहिरिने, शनिबार बस्ने बैठकले निर्णय गर्ने

काठमाडौँ – राष्ट्रपति पद आफूले नपाउने भएसँगै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले यो कुरा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जानकारी गराएका हुन् ।

शुक्रबार दिउँसो दुई नेताबीच भएको छलफलमा सहमति नजुटेसँगै ओलीले सरकारबाट एमाले बाहिरिने स्पष्ट पारेका हुन् । प्रधानमन्त्री प्रचण्डले बैठकमा दिएको जानकारी अनुसार अध्यक्ष ओलीले आफ्नो पाटीले पूर्व सहमति अनुसार राष्ट्रपति पद नपाए भोलि नै सरकारबाट बाहिरिने चेतावनी दिएका थिए ।

Dengue

यस्तै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार साँझ माओवादी केन्द्रसहितका आठ दलले गरेको सहमतिले मुलुकलाई थप राजनीतिक अस्थिरतातर्फ धकेल्ने ठुलो चिन्ता रहेको भन्दै आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे शनिबारको बैठकले निर्णय गर्ने बताए ।

सरकारमा रहने वा बस्ने भन्ने विषयमा शनिबारको बैठकले निर्णय गर्ने उनले जानकारी दिए ।  सरकारमा रहेका अन्य दल राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भने प्रधानमन्त्रीले भोलि बिहान नै निर्णायक छलफल गर्ने भएका छन् ।  बिहीबार बसेको आठ दलको बैठकले राष्ट्रपति पदमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ । एमाले केन्द्रसहित प्रदेशका ६ वटा सरकारमा सहभागी छ । त्यसमध्ये ३ वटा प्रदेशमा सरकारकै नेतृत्व एमालेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार