नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको वृद्धि

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ५७ अङ्कले बढेर दुई हजार ८० दशमलव ३८ को बिन्दुमा कायम भएको हो । आज दुई सय ६९ वटा कम्पनीको ४७ लाख ७९ हजार सात सय ९६ कित्ता शेयर ३९ हजार नौ सय ९६ पटक खरिद बिक्री हुँदा रु एक अर्ब ८० करोड ३२ लाख ८२ हजार बराबरको कारोबार भएको छ ।

आजको कारोबारपछि लघुवित्त, म्युचुअल फन्ड र व्यापार समूहको उपसूचक क्रमशः ६१ दशमलव ५०, शून्य दशमलव ०२ र शून्य दमशलव ०८ अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडका शेयर कारोबारीले आज सबैभन्दा धेरै ९ दशमलव ८० प्रतिशतले कमाएका छन् भने आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार