लेकवार्ता परिषदको नेपालको ११ औं संगोष्ठी उद्घाटन र कार्यपत्र प्रस्तुति

पाल्पा – हाम्रो परंपरा हाम्रो पहिचान भन्ने नाराका साथ लोकवार्ता परिषद् नेपालको आयोजना तथा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको संयोजनमा ११ औं लोकवार्ता सम्मेलन शनिवार देखि पाल्पामा शुरू भएको छ । समुदायमा प्रचलनमा रहेका भाषा ,कला ,साहित्य , संस्कृति तथा सम्पदाको संरक्षण र सम्बर्द्वन गर्नु नै प्रमुख उद्देश्यले सम्मेलन शुरू गरिएको बताइएको छ ।

जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष टंक खनालको प्रमुख आतिथ्यता तथा त्रिभुवन बहुमुखी क्याम्पसका क्साम्पस प्रमुख टंकप्रसाद भट्टराईको सभापतित्वका साथै प्रा. डा. भविश्वर पंगेनी, प्रा. डा. प्रेमकुमार खत्री,प्रा. डा. ध्रुवप्रसाद भट्टराई, प्रा डा, सावित्री मल्ल कक्षपति उपस्थितिमा उक्त कार्यक्रमको संचालन गरिएको थियो ।

Seti Hospital

सहीद प्रति सम्मान ब्यक्त गर्दै राष्ट्रीय गान आरम्भ गरेर प्रमुख अतिथी ले पानसमा दीयो बाली औपचारिक रुपमा सुरु गरिएको उक्त कार्यक्रममा प्रा डा माधवप्रसाद पोखरेलले उपस्थित सवैलाइ न्यानो स्वागत गर्दै संस्थागत गतिविधि र कार्यक्रम बारे प्रकाश पारेका छन् । देशका सवैजसो जिल्लाबाट साथै भारतको दार्जलिंगबाट समेत कार्यपत्र प्रस्तुतिका लागि सहभागिता जनाएको कुरा आयोजकले जनाएका छन् ।जिल्ला तथा राजधानी बाट समेत सर्जकहरु साथै बिद्वत्बर्गको उपस्थितिले कार्यक्रम निरंतर ५ घण्टा सम्म संचालित भई भव्य रुपमा सम्पन्न भएको थियो । आफ्नो सुकर्मको माध्यमबाट समाज र राष्ट्रप्रति गौरवबोधहुने गरि प्रस्तुत गरिएका कार्यपत्रका प्रस्तोता बिद्वत् व्यक्तित्व हरुलाइ खादा तथा पाल्पाली ढाकाटोपी लगाएर सम्मानित समेत गरिएको थियो ।कार्यपत्र प्रस्तुत गर्ने ६७ जना प्रस्तोताहरु मध्य पाल्पाको त्रिभुवन बहुमुखी क्यामपस स्थित कार्यक्रममा १० कार्यपत्र प्रस्तुत हुने र बाँकी भ्रमणका सिलसिलामा पाल्पाकाा रानीमहल अर्गली ,रिडी गुल्मी सदरमुकाम तम्घास हुंदै अर्घाखांचीको सन्धिखर्कमा प्रस्तुत हुने परिषद्का महासचिव प्रा डा ध्रुवप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

कार्यक्रममा कृष्ण प्रसाद कोइरालाद्वारा ’’रुरु क्षेत्र एक प्रमुख धार्मिक पर्यटकिय क्षेत्र ‘’ बिषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । रुरु क्षेत्र गुल्मी, पाल्पा र स्यांजा जिल्लाको संगमस्थलका रुपमा रिडी र कालीगण्डकी नदिको दोभानका धार्मिक रुपले चिनिनुका साथै राजा मणि मुकुन्द सेनको शासनकालमा नदी स्नानका क्रममा प्रत्यक्ष रुपमा प्रकट भएका भगवान ऋषिकेशको मन्दिर स्थापना गरिएको ठाउँलाइ रिडीको नामले समेत चिन्ने गरिन्छ । सोही स्थानमा गुल्मी पाल्पा र स्यांजा जिल्लालाइ एकसाथ जोड्ने पुलको निर्माणले पर्यटकिय तथा जनजीवन सहजता प्राप्त हुने देखिएको छ । यसैक्रममा प्रा.डा. सावित्री मल्ल कक्षपतिद्वारा ‘’नेवार समुदायले मनाउने गथामु:ग चर्हे‘’ बिषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । नेवारी समुदायमा गौरवपूर्ण भूमिका निर्वाह गर्ने नेपालको सांस्कृतिक सम्पदालाई गहनता प्रदान गर्ने नेवार समुदायको सांस्कृतिक जीवनलाइ नेवारी समुदायले आफ्नो परिवार र समाजलाई कुनै पनि बिघ्नबाधा नआओस् भनेर गरिने विभिन्न अनुष्ठानमध्येको एउटा अनुष्ठान गथा:मुग वा घण्टाकर्ण संगीतमय सक्रिय र सजीव रुपमा मनाउंदै आइरहेको वर्षभरि मनाउने पहिलो पर्वका रुपमा चिनिन्छ ।

कार्यपत्र प्रस्तुत गर्ने क्रममा झपेन्द्र जिसीद्वारा ‘’ जीवन्त पाल्पाली संस्कृति – कडुवा गीत नृत्य ‘’ बिषयमा प्रस्तुत गरिएको थियो । यसै क्रममा रोहित ज्ञवाली द्वारा पाल्पाका ब्राम्हणको कुलायन पूजा,परंपरा र यस्को सांस्कृतिक तथा सामाजिक महत्वका बिषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।कुलायन पूजा बिधीनुसार बलि चढ्ने नचढ्ने कसैको घरको माथिल्लो तल्लामा पूजा गर्ने कसैको भुईं तल्लामा र कसैको बाहिर पूजा गर्ने प्रचलनका बारेमा प्रकाश पारिएको छ । यसै क्रममा बि. से. १८०६ मा अमरनारायण मंदिरको निर्माण गरिनु का साथै १८७८ मा कर्णेल उजिर सिंहले खड्जात्राको प्रचलन चलाएका ऐतिहासिकतालाइ मन गहिरेले तानसेनको ऐतिहासिक धरोहर अमरनारायण मंदिर नामक कार्यपत्रमा तथ्यात्मक रुपमा प्रस्तुत गरेका छन् भने मदन देरालीले पाल्पामा भएका मन्दिरहरु र मनाइने जात्राका सम्बन्धमा नेवारहरुले भिमसेनलाइ कुल र पुज्यदेवताका रुपमा कलात्मक रुपमा प्रस्तुत गरेका छन् । कार्यपत्र प्रस्तुत गर्ने क्रममा प्रा डा भवेश्वर पङ्गेनीले ‘’पाल्पा र यसको गौरव ‘’पाल्पाको ऐतिहासिक तथा सांस्कृतिक महत्व’’ का बिषयमा ऐतिहासिक कुराहरुलाइ रोचक रुपमा प्रस्तुत गरिएको थियो । यसैक्रममा इश्वरीप्रसाद पोखरेलद्वारा ‘’ गुल्मी अर्घाखांचि जिल्लामा स्थानीय समाजमा प्रचलित शकुन -अपशकुन ‘’ बिषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । संयोगबश कसैले धर्म परिवर्तन त गर्ला तर उस्को साच्चिकै मन परिवर्तन भएक हुन्छ र ? भन्ने बिषयमा हाम्रा पुर्खाले प्रदान गरेका निती बिधी पद्धति हामीलाइ भार नभइ बिरासत हुन् त्यसको पनि सम्मानपूर्वक संरक्षण गरिनु लोकबार्ता अभियान हो , भने बिष्णु घर्ती ‘भनभनेली’ ले गुल्मेली घर्ती÷भुजेलः ऐतिहासिक परिचय, सभ्यता र वर्तमान अवस्था का बारेमा प्रकाश पारिएको थियो । यसै क्रममा रुवि सत्याल बिडारीले सर्वहितकारी चूर्णको परिचय शीर्षकका कार्यपत्र प्रस्तुत गरेकि छिन् । उनले आफ्नो कार्यपत्रमा बिभिन्न ३० प्रकारका जडिबुटी तथा भान्छामा प्रयोग गरिने बिभिन्न औषधिय गुण सहितको सामग्रिको प्रयोग गरेर निर्माण गरिएको चूर्णले ग्सास्ट्रिक लगायतका रोगमा प्रभावकारी परिणाम दिएको र परिवार बाट प्राप्त ज्ञानको पुस्तानतरका क्रममा आफ्नो जिजुआमाका पालादेखि क्रमश शिपको पुनर्प्रयोग हुंदै आइरहेको बताएकी छन् ।

कार्यक्रममा प्रमुख अतिथीका रुपमा बोल्दै टंक खनालले हाम्रा कतिपय परंपरागत शैली, आचरण र ब्यवहार बैज्ञानिक रुपमा सम्बन्धित छन् कि छैनन् खोज हुनुपर्ने बताउंदै आधुनिक बन्ने क्रममा आफ्ना मौलिक पहिचान र सभ्यता बिर्सदै गइरहेकोमा हाम्रा कतिपय लोक संस्कृति लोप हुने अवस्थामा रहेकोले लोकबार्ताका यस्ता सार्थक प्रयासले मानिसमा जागरुकता बढाउनुका साथै सांस्कृतिक पुस्तानतरणमा सघाउ पुग्ने बिश्वास ब्यक्त गरेका छन् ।

संस्कार र संस्कृति एवं हाम्रा मौलिक पहिचानलाई जीवन्त रुपमा जोगाउंदै यस्लाइ नयाँ पुस्तामा हस्तान्तरण गर्न, कला संस्कृतिको विकास गर्दै ज्ञान लिन र दिनका लागि ७८ बर्षको उमेरमा पनि जिल्ला जिल्लामा भ्रमण गर्दै प्राप्त हुने ज्ञान अनुभव र सुझाव र निष्कर्षलाइ पुस्तकमा प्रकाशित गर्दै जानु ,समुदायमा रहेका बिबिधतालाइ संकलन समरक्षण र अभिलेखका रुपमा सुरक्षित गर्नु नै लोकबार्ताको प्रमुख अभियान रहेको बताउंदै लोक बार्ता परिषद्का अध्यक्ष प्रा. डा. प्रेमकुमार खत्रीले समाजमा ब्याप्त अक्कल बिनाको बिदेशी संस्कृतिको नक्कल घातक हुने बताउंदै हाम्रो संस्कृति हाम्रो जिम्मेवारी हो भन्ने भावनाको बिकाश हुनुपर्ने कुरामा जोड दिएका छन् ।

कार्यक्रम पश्चात बरांग्दी स्थित शिव मन्दिरको भ्रमण गरिएनुक साथै भोलिपल्ट अर्थात् फागुन ७ गते नेपाली सेनाको महेन्द्र दल गणमा पुगि छोटो अन्तरक्रिया सम्पन्न गरि रानीमहलको अवलोकन भ्रमण गरिएको थियो । अन्तरकृया पश्चात सोही महेन्द्र दल गणले लोकबार्ता परिषद्का बिद्वत्बर्गलाइ चिया चमेनाको ब्यवस्था मिलाएको थियो । गणपति बालमुकुन्द बिष्टले बिद्वत्बर्ग संगको छोटो अन्तरकृयाले पनि गौरवबोध भएको बताउंदै सम्भव भएसम्म लोकबार्ता अभियानमा हातेमालो गर्ने बताएका छन् ।

कार्यक्रममा स्नातक दोस्रो बर्षमा अध्ययनरत जुनु थापाको नेतृत्वमा ६ जना छात्रा द्वारा नृत्य प्रस्तुत गरिएको थियो भने उषा पाण्डेले एकल नृत्य गरेर कार्यक्रमलाइ रोमान्चक बनाइदिएका थिए ।
प्रा डा. शंकरप्रसाद गैरे द्वारा संचालन गरिएको उद्घाटन सत्रका कार्क्रममा मायाको चिनो बितरण लगायत अनतर्कृया तथा कार्यपत्र बितरणका कार्यका लागि क्रमश प्रा. डा.ध्रुवप्रसाद भट्टराई एवं प्रा डा माधवप्रसाद पोखरेलद्वारा समन्वय गरिएको थियो ।

लोकबार्ता टोलि अर्गलिमा पुग्दा स्थानीय तानसेन नपा १४ नम्बर वडाका वडाध्यक्ष भविश्वर भट्टराई तथा चण्डी भजन समूहले फागू पर्वको पूर्व सन्ध्यामा भजन किर्तन गरि माला लगाएर स्वागत गर्दै हर्षोल्लासका साथ फागू मनाउंदै वाली (असारे गीत ) महाल गीत (शुभ मंगलको ) गीत गाएर स्थानीय राधाकृष्ण मन्दिर स्थित सभाहलमा अनतरक्रिया समेत सम्पन्न गरिएको थियो । सोहि कार्यक्रममा स्थानीय पुस्तकालयका साथै क्यामपसलाइ लोकबार्ताका अघिल्लो अंकका एक एक सेट पुस्तक हस्तान्तरण गरियो । ६ गते देखि सन्चालन गरिएको कार्यक्रम बिभिन्न स्थानमा अन्तरकृया र कार्यपत्र प्रस्तुत गर्दै ११ गतेसम्म निरंतर रुपमा संचालन हुने बताइएको छ । तानसेनमा भएको सम्मेलनलाई सफल बनाउन तानसेन नगरपालिकाका साथै बगनासकाली,  रैनादेवीछहरा र रिब्दिकोट गाउँपालिका तथा पाल्पा बाँसटारी ढाकाटोपी उद्योग, ग्रामीण आर्थिक विकास सङ्घ (रेडा) पाल्पा, पौडेल ढाका उद्योग पाल्पाले सहयोग गरेका छन् । अन्यत्रका कार्यक्रममा समेत यस्तै मनकारी हात र संघ संस्थाको सहभागी रहेको बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार