भोटेबहाल तयारी पोसाक उत्पादक तथा विक्रेता संघको बार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

 काठमाडौँ – भोटेबहाल तयारी पोसाक उत्पादक तथा विक्रेता संघ, काठमाडौँको सातौँ बार्षिक साधारण सभा तथा चौथो अधिबेशन भव्यताका साथ सम्पन्न भएको छ । संघका अध्यक्ष चन्द्रबहादुर लामिछानेको सभापतित्वमा शनिवार काठमाडौँमा आयोजित उक्त औपचारिक कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य कृष्णगोपाल श्रेष्ठ रहनुभएको थियो । यसैगरी विशिष्ट अतिथि काठमाडौँ महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्य, नेपाल राष्टिय व्यववसायी महासंघका अध्यक्ष कुमार कार्की रहनुभएको थियो । यसैगरी अतिथिमा काठमाडौँ महानगरपालिकाका वडा अध्यक्ष चुडामणी बर्जाचार्य, २२ नम्बरका अध्यक्ष चिनिकाजी महर्जन रहनुभएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगत बजार तथा निकासी प्रबद्र्धन केन्द्रका उपनिर्देशक राजेनद्रमान श्रेष्ठ लगायत संघमा आवद्ध व्यवसायी कार्यक्रममा सहभागी भएका थिए ।

dashain shuvakamana
Discovery School

यसैगरी सातौँ बार्षिक साधार सभा तथा चौथो अधिबेशनबाट नयाँ कार्यसमिति समेत चयन भएको छ । नेपाल व्यापार संघका अध्यक्ष हरि गौतम निर्वाचन प्रमुख रहनुभएको थियो । २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । अध्यक्षमा कुशुम महर्जन, बरिष्ठ उपाध्यक्षमा विणुप्रसाद गौतम, शिव बहादुर कुवर केसी, विजुरच्न बज्रचार्य, धनश्याम नेपाल, जकिर हसेन अन्सारी, राजेश कुमार दाश रहनुभएको छ । यसैगरी महासचिवमा मिलन शर्मा, कोषध्यक्षमा राज कुमार केसी, सचिवमा बसन्त कुमार थापा मगर, ज्ञानुरत्न महर्जन रहनुभएको छ भने सह कोषध्यक्षमा आशिष तामाङ रहनुभएको छ । यसैगरी ११ सदस्यमा क्रमश सैफ अन्सारी, जमुना आचार्य, अनुप बल, अर्जुन अछामी, रमेश गुप्ता, पुष्पराज ढुंगाना, अनिता सापकोटा नेपाली, विष्णु शिवाकोटी, सुनिल पोखरेल, अरुणा श्रेष्ठ, मन्जु महर्जन रहनुभएको छ । नयाँ कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई निर्वाचन संयोजक तथा नेपाल व्पायार संघका अध्यक्ष हरि गौतमले सपथ समेत खुवाएका छन् । यसैगरी नयाँ कार्यसमितिलाई प्रमाणपत्र तथा माला लगाएर स्वागत गरिएको थियो । निर्वाचन समितिमा नेपाल व्यापार संघका महासचिव दिपक सापकोटा तथा अर्जुन चाैलागाइले समेत सहयोगी भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि सांसद कृष्णगोपाल श्रेष्ठले आफ्नै देशको माटोमा व्यवसायीहरुले गरेको परिश्रमको प्रशंसा गरेका थिए । फरक प्रशंगमा बोल्दै उहाँले राष्ट्रपति देशको सर्वाेच्च पद भएकाले यसबारे जथाभावी टिप्पणी नगर्न र फागुन १३ गते सबैकुरा छलंग हुने समेत प्रष्ट पारेका थिए । यसैगरी विभिन्न वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए । शुभकामना मन्तव्य राख्दै निर्वाचन संयोजक तथा नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले व्यापारीहरुको समस्यालाई उठान गरेका थिए । दोहोर कर, बैंकहरुको चर्काे ब्याजदर, घरधनीहरुको सम्झौता लगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।

यसैगरी नेपाल राष्ट्रिय व्यसायी महासंघका अध्यक्ष कुमार कार्कीले पनि व्यापारिक क्षेत्रमा देखिएका समस्या सामाधान गर्न सरकार तत्पर हुनुपर्ने विचार व्यक्त गरेका थिए । यसैगरी कार्यक्रममा अन्य वक्ताहरुले समेत साधारण सभा भव्य र सफलताका साथ सम्पन्नको शुभकामना दिएका थिए । यसैगरि निवर्तमान कार्यसमिति अध्यक्षले संघको बारेमा प्रतिवेदन पेश गरेका थिए भने अन्य पदाधिकारीहरुले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार