नामिबियाविरुद्धको खेलमा कुशल भुर्तेलको शतक पुरा

काठमाडौं – कुशल भुर्तेलले आइसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियाविरुद्ध शतक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशलले शतक पूरा गरेका छन् ।

Dengue

९९ बल खेलेका कुशलले ९ चौका र ४ छक्काको सहयोगमा १०० रन पूरा गरे ।

कुशलको शतकसँगै नेपालले ४२ओभरको समाप्तिमा ५ विकेट गुमाएर २४० रन बनाएको छ ।  यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २८५ रन बनाएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार