हेटौंडा र काठमाडौं जोड्ने छोटो दुरीका दुईवटै सडक आजदेखि २ महिनाका लागि बन्द

हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरीका दुईवटै सडक आजदेखि २ महिनाका लागि बन्द गरिएको छ । हेटौंडाबाट भिमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक र हेटौंडाबाट भिमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक निर्माण सुरु गरिने भएकाले आजदेखि दुई महिनासम्मका लागि बन्द गरिएको हो ।

वैकल्पिक सडकको रुपमा हेटौंडाबाट काठमाडौं जानका लागि हेटौंडा–कुलेखानी–मार्खु–चित्लाङ–थानकोट सडक र काठमाडौंबाट हेटौंडा फर्किंदा कान्ति लोकपथ खण्डबाट यातायात सुचारु गरिएको उनले बताए । उनले सर्वसाधारणलाई यही वैकल्पिक सडक प्रयोग गर्न अनुरोध पनि गरेका छन् ।

Dengue

मन्त्रालयले यो सडकखण्ड अन्तर्गत भैंसे–भिमफेदी खण्ड, हेवी–कलंकी–हुमाने खण्ड, हुमाने–फर्पिङ खण्डको सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकखण्डको ठेक्का लगाएर निर्माणको कार्य गरिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार