सुदूरपश्चिममा काँग्रेस र समाजवादीबाट को-को बन्दैछन् मन्त्री ?

कैलाली – सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार (आज) पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिने विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिने भएका हुन् । मुख्यमन्त्री शाहाले सपथ लिए लगत्तै मन्त्री मण्डल विस्तार गर्दै छन् । नेपाली काँग्रेसबाट प्रकाश बहादुर देउवा र एकिकृत समाजवादीबाट दिर्घ सोडारी मन्त्री हुने सम्भावना छ । कांग्रेसमा मानबहादुर रावल, दिवानसिंह विष्ट, बहादुरसिंह थापा पनि आफूलाई शुक्रबार मन्त्री नियुक्त गर्नुपर्ने लबिङमा रहेका छन् । भने दार्चुलाबाट निर्वाचित सांसद विक्रम धामी पनि मन्त्री बन्ने दौडमा छन् ।

शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

Dengue

२७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए । उनले राजीनामा बुझाए लगत्तै शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।

 

 

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार