विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुझाए राजीनामा

कैलाली – विश्वासको मत नपाएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राजीनामा बुझाएका छन् । बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा बुझाएका हुन् ।

गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले बिहीबार माघ २६ गतेभित्रै विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गरेका थिए । तर उनको प्रस्तावलाई बहुमत प्रदेश सभा सदस्यले अस्वीकृत गरेपछि उनले राजीनामा दिएका हुन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार