भर्चुअल माध्यमबाट पनि प्रतिनिधिसभाको बैठक बस्ने व्यवस्था

काठमाडौँ — प्रतिनिधिसभाको बैठकमा अब सांसदहरु उपस्थित नभएपनि हुने भएको छ । भौतिक उपस्थितिको सट्टा भर्चुअल माध्यमबाट सहभागिता जनाउदा उपस्थिति भएको मानिनेछ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले सांसदहरूको भर्चुअल माध्यमबाट उपस्थिति भए पनि बैठक बस्ने व्यवस्था गरेको हो ।

मस्यौदा समितिको बिहीबारको बैठकले भर्चुअल माध्यमबाट सांसदहरू उपस्थित भएमा बैठक बस्नसक्ने व्यवस्था गरेको हो । ’प्राकृतिक प्रकोप वा महामारीको कारण भौतिक उपस्थितिमा बैठक बस्न सम्भव छैन भन्ने कुरामा सभाका कम्तीमा एक चौथाई सदस्य सहमत भई सो कुरा सभामुखलाई जानकारी गराएमा आवश्यकताअनुरुप कार्यव्यवस्था समितिको परामर्शमा सभामुखको निर्णयअनुसार प्रविधिको प्रयोग गरी भर्चुअल माध्यमबाट पनि बैठक बस्न सकिनेछ ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार