रास्वपालाई सरकारमा ल्याउन प्रयास भइरहेको छ : सञ्चार मन्त्री शर्मा

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताएकी छिन् ।

मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन गरिएको पत्रकारसम्मेलनमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासामा उनले यस्तो बताएकी हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिसकेकाले सरकार संकटमा नरहेको बताइन् । उनले सरकार छोड्नु पार्टीको स्वतन्त्र अधिकार भएकाले अहिले पार्टीलाई पुनः सरकारमा ल्याउन राजनीतिक ढंगबाट पहल गरिएको पनि बताइन् ।

Dengue

मन्त्री शर्माले कृषकहरुले तरकारी फालेर बिरोध जनाइरहेका बारे सरकारको ध्यानाकर्षण भएको बताइन् । उनले विचौलीयाका कारण परेको मूल्य प्रभाव समस्या समाधानका विषयमा छलफल भैरहेको पनि बताइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार