धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाको रातो कार्पेटमा सलामी

काठमाडौँ – कैलालीको धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले विद्यार्थीबाट सलामी लिएर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समुद्घाटन गरेकी छन् ।

उपमहानगरपालिका वडा नम्बर ८ स्थिति धनगढी नमुना प्राविधिक विद्यालयको प्राङगणमा आइतबारबाट शुरू भएको प्रतियोगितामा मार्चपासमा सहभागी विद्यार्थीले प्रमुख अतिथि नगर उपप्रमुखलाई सलामी अर्पण गरेका थिए भने नगर उपप्रमुख रानाले सलामी फर्काएकी थिइन् । कार्यक्रममा उनले विद्यार्थीहरूलाई खेलप्रति रुचि बढाउन र क्षमता बढाउन प्रतियोगिता आयोजना गरिएको बताइन् । नगरभित्र ७३ सामुदायिक विद्यालय छन् । नगर उपप्रमुख रानाले रातो कार्पेटमा सलामी लिएकी हुन् ।

Dengue

उनले रातो कार्पेटमा सलामी खेलअनुसार नै लिएको शिक्षक तथा साहित्यकार चक्र नेपाली बताउँछन् । ‘उहाँ खेलको नियम अनुसार मार्च पासको बेला उभिनुभएको हो । खेलकै नियम अनुसार रातो कार्पेट बिछ्याइएको हो ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार