टर्की भूकम्प : अहिलेसम्म ४३ सय जनाकाे ज्यान गयाे, ज्यान गुमाउनेको सङ्ख्या आठ गुणासम्म बढ्न सक्ने

काठमाडौँ – सिरियाको सीमा नजिकै टर्कीमा हिजो गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउने र घाइतेको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । अहिलेसम्म दुई वटा देशमा गरी ४३ सयभन्दा धेरैको ज्यान गएको पुष्टि भइसकेकाे बीबीसीले जनाएको छ ।

बिहान उज्यालो भएपछि खोजी कार्यले तीव्रता पाएकाे र विभिन्न देशबाट प्रविधिसहितका विशेषज्ञ आएर खोज्ने क्रम सुरु भएकोले ज्यान गुमाउनेको सङ्ख्या बढ्न थालेको हो । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले ज्यान गुमाउनेको सङ्ख्या अहिले पुष्टि भएको सङ्ख्याको आठ गुणासम्म बढ्ने बताएको छ । उद्धारकर्मीहरूले भग्नावशेषमा थुप्रै मृतक भेटिरहेका छन् ।

Dengue

वर्षासहित हिउँ परिरहेकाले खोजी कार्यमा समस्या भइरहेकाे छ । धेरै पीडितहरू युद्धग्रस्त उत्तरी सिरियामा छन् । जहाँ प्रतिबन्धहरुका कारण सहयोगीहरु पुग्न सकिरहेका छैनन् । दुवै देशका हजारौँ भवनहरू ध्वस्त भएका छन् । अस्पतालहरु घाइतेले भरिएका छन् ।

टर्की रेड क्रिसेन्टले त्यहाँका नागरिकहरुलाई रक्तदान गर्न आह्वान गरेको छ । टर्कीले अन्तर्राष्ट्रिय सहयोग अपिल गरेपछि ४५ देशहरूले सहयोगको प्रस्ताव गरेको टर्कीका राष्ट्रपति राष्ट्रपति रेजेप ताइयीप एर्दोआनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

युरोपेली सङ्घले टर्कीमा खोजी तथा उद्धार टोली पठाइरहेको जनाएको छ । बेलायतले  ७६ जना विज्ञ, उपकरण र उद्धार गर्ने कुकुर पठाएको जनाएको छ । फ्रान्स, जर्मनी, इजरायल र अमेरिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अष्ट्रेलियाले एक करोड अमेरिकी डलरसहित विशेषज्ञ टोली पठाउने निर्णय गरेको छ ।

प्रभावित क्षेत्रका विद्यालयहरु कम्तीमा एक हप्ताको लागि बन्द गरिएका छन् । टर्कीमा यस अघि सन् १९९९ मा गएको भूकम्पका कारण १७ हजार र सन् १९३९ मा गएको भूकम्पका कारण ३३ हजार जना मानिसको ज्यान गएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार